युएईमाथि न्यूजील्याण्डको १० विकेटको कीर्तिमानी जित

२०८२ माघ २७ मङ्गलवार
सारांश
  • मंगलबार चेन्नईको चेपक मैदानमा सम्पन्न समुह डी अन्तर्गतको खेलमा न्यूजील्याण्डले यूएईलाई १० विकेटले पराजित गरेको हो ।

काठमाडौँ: जारी टी–२० विश्वकप क्रिकेटमा न्यूजील्याण्डले लगातार दोस्रो जित हात पारेको छ ।

 

 मंगलबार चेन्नईको चेपक मैदानमा सम्पन्न समुह डी अन्तर्गतको खेलमा न्यूजील्याण्डले यूएईलाई १० विकेटले पराजित गरेको हो ।

 

यूएईले दिएको १७४ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले १५.२ ओभरमै कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो । ओपनर टिम सिफर्टले अविजित ८९ रन तथा फिन एलनले अविजित ८४ रनको उत्कृष्ट पारी खेलेका थिए ।

 

 दुवैले १७५ रनको अविजित ओपनिङ साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए । यो टी–२० विश्वकप इतिहासमा न्यूजील्याण्डका ओपनरहरूबीचको सबैभन्दा ठूलो साझेदारी हो । साथै यो पुरुष टी-२० विश्वकपमा कुनै पनि विकेटको लागि सबैभन्दा ठूलो साझेदारी हो ।

 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको थियो। कप्तान मुहम्मद वासिमले ६६ रनको योगदान दिए भने अलिशान शराफुले ५५ रन जोडेका थिए ।

 

न्यूजील्याण्डका बलरमध्ये म्याट हेन्रीले २ विकेट लिए । यस्तै, ज्याकब डफी, लोकी फर्ग्युसन, मिचेल स्यान्टनर र ग्लेन फिलिप्सले एक–एक विकेट हात पारेका थिए ।

अब युएईले अर्को खेल क्यानडाविरुद्ध आगामी शुक्रबार खेल्ने तालिका छ भने न्यूजील्याण्डले अर्को खेल शनिबार दक्षिण अफ्रिकाविरुद्ध खेल्ने छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार